२८ माघ २०८२, बुधबार | February 11, 2026

भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरामाथि आज थुनछेक बहस



काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथि आज थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा हुने बहसपछि अदालतले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने निर्णय गर्नेछ ।

भेप सुन तस्करी प्रकरणमा महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

सीआईबीले आइतबार महरालाई पक्राउ गरेको थियो । महराविरुद्ध भन्सार छली र संगठित अपराधमा संलग्न भएको आरोपसहित मुद्दा दायर गरिएको छ ।

अदालतमा दायर मुद्दामा आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ३९ बजे

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ