३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा सहभागी



काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सार्वजनिक भएका हुन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीद्वारा कुटपिटमा परेका देउवा त्यसयता उपचारमा रहेका थिए । नेपाली सेनाले तत्कालीन समयमा देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवालाई बुढानीलकण्ठबाट उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको थियो । सेनाले प्रारम्भमा हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि परिस्थितिले अवरोध पुर्‍याएपछि स्थलमार्गबाट उद्धार गरिएको थियो ।

सुरक्षाका कारण उनका उपचारबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । देउवालाई टाउकोमा गम्भीर चोट लागेर १२ टाँका लगाइएको थियो भन्ने जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए ।

स्वास्थ्यलाभपछि मंगलबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका देउवा अब नियमित राजनीतिक गतिविधिमा फर्किने संकेत मिलेको कांग्रेस निकट स्रोतहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : २७ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा