१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मधेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले दाबी पेश गर्दै

कांग्रेस एमाले बाहेकको सरकार बनाउन पाँच दलबीच सहमति



मधेशमा कांग्रेस एमाले बाहेकको सरकार बनाउन बाँकी दलहरुबीच सहमति, जितेन्द्र सोनलबाट मुख्यमन्त्रीमा दाबी पेश

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन कांग्रेस एमाले इतरका दलहरुबीच सहमति भएको छ ।
सहमतिलगत्तै ५६ सांसदको समर्थनसहित दलहरु मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो राजीनामा दिएपछि कांग्रेसले बुहमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने अनुमान गरिएको थियो । तर, कांग्रेस र एमालेको पनि समर्थन विना बाँकी दलहरुले सोनललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् । सोनललाई मुख्यमन्त्री बनाउन लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच सहमति जुहेको हो ।

सहमति पत्रमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका नेता महेश यादव, माओवादी केन्द्रका युवराज भट्टराई, लोसपाका जयनुल राय र एकीकृत समाजवादीका नेता गोविन्दप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।

तर जनमत पार्टीभित्रको विवादले मधेशको राजनीति तरल बनेको छ । जनमतका सबै १३ जनाले सोनललाई समर्थन गर्ने संभावना भने कमै छ ।

प्रदेस सभामा जसपाका १९, जनमतका १३ सांसद छन् । यस्तै नेकपा माओवादी केन्द्र र लोसपाका ९–९ सांसद छन् भने नेकपा एकीकृत समाजवादीको ७ सिट छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग २५ सिट छ भने कांग्रेससँग २२ सिट छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा