३ आश्विन २०८३, शनिबार | September 19, 2026

मीनभवनमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौं । यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : १७ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा