२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिककालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियोे ।

सो अवसरमा बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ५७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय