२८ माघ २०८२, बुधबार | February 11, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा थुनामा पठाउने आदेश



काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने आदेश जारी गरेका हुन् ।

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई गत आइतबार पक्राउ गरेको थियो ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ ।

घटनाको सुरुवात १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट ०५८७ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँगै भएको थियो । विमानस्थलमा चेकजाँचका क्रममा उनको सुटकेसभित्र भेप फेला परेपछि भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता पाएपछि हासोङ भोलिपल्टै नेपाल छाडे, तर भेप भने लामो समयसम्म भन्सारमै थन्किएको थियो ।

त्यसपछि भेप साटिएको शंका लागेपछि भन्सार कार्यालयले २६ वैशाख २०८० मा सीआईबीलाई पत्राचार गरी अनुसन्धानको आग्रह गरेको थियो । दुई महिनासम्मको अनुसन्धानपछि सीआईबीले भेपमा करिब ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो ।

उक्त घटनामा भन्सारका नासु रेवन्त खड्कासहित छ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो भने पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा चलाइएको थियो ।

अनुसन्धानका क्रममा महरालाई पनि सोधपुछ गरिएको थियो । सोही प्रकरणमा संलग्नताको आशंकामा उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ६ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ