१३ भदौ २०८३, शनिबार | August 30, 2026

प्रधानमन्त्री उद्धार कोषलाई सत्सङ्ग नेपालद्वारा १० लाख सहयोग



काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सत्सङ्ग नेपालले रु १० लाख सहयोग उपलब्ध गराएको छ ।

राष्ट्रियसभा सदस्यसमेत रहेका सत्सङ्ग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलासहितको टोलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त सहायता रकम हस्तान्तरण गरेको हो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पनि उपस्थिति थियो ।

केही साता अघिको वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहायता रकम उपलब्ध गराइएको सत्सङ्ग नेपालले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०७ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ