२२ मंसिर २०८२, सोमबार | December 8, 2025

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु



गण्डकी । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतीक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।

कार्यालयमा रहेका झन्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका-११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १२ : ३९ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता