हेन्द्रनगर । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख भण्डारीले नेपाल संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई बुधबार साँझ पाँच दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।


















प्रतिक्रिया