२४ असार २०८३, बुधबार | July 8, 2026

ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाइयो, २० कात्तिकभित्र स्वदेश फर्कन निर्देशन



काठमाडौं । सरकारले विभिन्न ११ देशका आवासीय नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकपश्चात् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूलाई जानकारी दिँदै फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी २० कात्तिकभित्र नेपाल फर्कन निर्देशन दिइएको बताए।

फिर्ता बोलाइएका राजदूतहरूमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लागि लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन्।

फिर्ता बोलाइएका मध्ये जापानका राजदूत दुर्गाबहादुर सुवेदी बाहेक सबै राजनीतिक नियुक्तिका आधारमा पदमा पुगेका थिए। यसबीच भारतका लागि राजदूत डा। शंकर शर्मालगायत केही राजदूतहरूलाई भने यथावत् राखिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : ५९ बजे

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।