९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालगन्जमा दोस्रो राष्ट्रिय पौडी प्रतियोगिता हुँदै



नेपालगन्ज । नेपालगन्जमा दोस्रो पटक राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेका आयोजनामा राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको हो ।

क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए ।

विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने अध्यक्ष न्यौपानेले बताए । प्रतियोगिता सफल बनाउन बिभिन्न संघ संस्था, प्रदेश खेलकुद विकास परिषद, बैंक तथा बित्तीय संस्थाहरुबाट सहयोगको प्रतिबद्धता आएको उनले बताए । अध्यक्ष न्यौपानेका अनुसार कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा प्रतियोगिता संचालन हुने छन् ।

बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था मिलाएको क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपाल पौडी संघले केन्द्रीय वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए । प्रतियोगितामा भाग लिन सहभागीले १ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ८ : २४ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित