२७ श्रावण २०८३, बुधबार | August 13, 2026

नेपालगन्जमा “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता” सम्पन्न

८६ जना विद्यार्थीको सहभागिता, ११ विधामा प्रतिस्पर्धा



नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” सम्पन्न भएको छ । शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गरेका थिए भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गरेका थिए ।

सम्पन्न प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ (आदर्श स्कुल) प्रथम, दिप्शन पुन मगर (शिखा एकेडेमी) द्वितीय र रियान जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए।

गर्ल्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, समिरा रास्कोटी (बागेश्वरी एकेडेमी) द्वितीय तथा अंशु घिमिरे (बागेश्वरी स्कुल) तृतीय भए।

त्यस्तै २५ मिटर फ्रीस्टाइल (गर्ल्स अन्डर–१०) तर्फ नित्याश्री दहित (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, कशिका गुरुङ (बागेश्वरी एकेडेमी) द्वितीय र मेघना बिष्ट (किड्स किङडम) तृतीय भए।
ब्वाइज अन्डर–१० तर्फ संस्कार न्यौपाने (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, सुमिक वाग्ले (शिखा एकेडेमी) द्वितीय र निर्भिक न्यौपाने (सोफिया स्कुल) तृतीय भए।

५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१२ तर्फ सुसान्त बोहरा (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, इभान्शु भट्टराई (शिखा एकेडेमी) द्वितीय र युनिक खडका (शिखा एकेडेमी) तृतीय भए। ५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१२ तर्फ जेनिशा बुढाथोकी (सोफिया स्कुल) प्रथम, आँचल शर्मा (जीवन ज्योती स्कुल) द्वितीय र इशिका जोशी (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भईन।

५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१४ तर्फ सकिरा रास्कोटी (बागेश्वरी स्कुल) प्रथम, सम्स्थिता गिरी (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र जिज्ञासा भुषाल (बागेश्वरी स्कुल) तृतीय भईन। ब्वाइज अन्डर–१४ तर्फ वसन्त थारु (महाराजा मावि) प्रथम, अनमोल केसी (शिखा एकेडेमी) द्वितीय र प्रज्वल राना (शिखा एकेडेमी) तृतीय भए।

५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१७ तर्फ अमित रावल (नेपालगन्ज स्वीमिङ क्लब) प्रथम, अभियान श्रेष्ठ (नेपालगन्ज स्वीमिङ क्लब) द्वितीय र विशेष सिंह (नेपालगन्ज स्वीमिङ क्लब) तृतीय भए।

५० मिटर फ्रीस्टाइल मेन्स ४० प्लसतर्फ नेपालगंजका डा. सगुन श्रेष्ठ प्रथम, डा. बिपीन आचार्य द्वितीय र कंचन बहादुर श्रेष्ठ तृतीय भए।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर बिष्टले विद्यालय तहदेखि पौडीजस्ता खेलकुदको प्रवर्द्धन गर्नु सकारात्मक कदम भएको उल्लेख गरे । उनले यस्ता प्रतियोगिताले बालबालिका तथा युवा माझ अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गराउने विश्वास व्यक्त गरे । साथै, पूर्व खेलाडी समाज बाँकेको प्रयास सराहनीय भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष सिद्दिकीले विद्यालयस्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : १९ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको