२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रियालिटी शो एक्टिङ स्टार सिजन-१ का विजेता नविनाको गृहनगर नेपालगन्जमा स्वागत



नेपालगन्ज । रियालिटी शो एक्टिङ स्टार सिजन-१ का विजेता नविना रानाभाटलाई गृहनगर नेपालगन्जमा भब्य स्वागत गरिएको छ । उपाधी जितेपछि पहिलो पटक गृहनगर नेपालगन्ज आएकी उनलाई शुक्रबार बिहान नेपालगन्जमा बधाई सहित स्वागत गरिएका हो ।

बाजागाजा सहित बिमानस्थल लिन पुगेका शुभचिन्तक र कलाकर्मीहरुले बिमानस्थलबाट नेपालगन्जसम्म पुर्र्याएका थिए । बाँके कला केन्द्रको अगुवाईमा नेपालगन्जका कलाकार, नागरिक अगुवा लगायतले रानाभाटको स्वागत गरेका थिए ।

नगरपरिक्रमा पछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले नबिनाले अभिनयको माध्यमबाट बाँकेको नाम रोशन गराएको बताए । उनीहरुले सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै बाँकेकी चेलीले उपाधि जित्नु सबै बाँकेबासीले गर्व गर्ने बिषय भएको बताए ।

कार्यक्रममा बोल्दै नपालगन्ज उपमहानगरकी निवर्तमान नगर उपप्मुख उमा थापाले अभिनयको माध्यमबाट बाँके जिल्लाबासी सहित पश्चिम नेपाललाई खुसी दिएकोमा नबिनालाई बधाई दिइन् । उनले नबिनाको जितमा उनको मातापिताको विशेष योगदान रहेको उल्लेख गर्दै नबिनाको बाबा र आमाको प्रशंसा गरिन् ।

नबिनाका पिता भीम रानाभाटले नबिनालाई उपाधि दिलाउन योगदान गर्ने बाँकेबासी सहित देशभरीका दर्शक र शुभचिन्तकहरु प्रति आभार प्रकट गरे । सबैको हौसला र प्रयासले नेपालगन्ज र बाँकेले सफलता पाएको उनको भनाई छ ।

बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले बाँकेको कलाले देशमै उत्कृटताको उपाधि जित्नु बाँकेका सम्पूर्ण कलाकारको लागि गर्वको विषय भएको बताए । बाँके जिल्ला कला र संस्कृतिमा कोही भन्दा कम नभएको उदाहरण नबिनाले पुष्टी गरेको उनले बताए ।

कार्यक्रममा पत्रकार शरण कर्माचार्य, नागरिक अगुवा कृष्ण श्रेष्ठ, पर्यटन अभियन्ता श्रीराम सिग्देललगायतले उपाधि जितेपछि त्यसलाई जोगाउने र थप सफलता पाउन नबिनाले थप प्रयास गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १९ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा