२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रधानमन्त्रीले थालिन् दलहरुसँगको संवाद, पहिलो संवाद माओवादी नेताहरुसँग



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग छलफल थालेकी छन् । उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटवार्ता गरेकी छन् । चुनावी वातारणका लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री कार्कीले दलहरुसँग संबाद थालेकी हुन् ।

जेनजी आन्दोलनपछि दलहरूसँग संवादका लागि सरकार उदाशीन भएको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले राजनीतिक संवाद थालेकी छन् । गत साता मात्र राष्ट्रपतिको अग्रसरतामा शीलतनिवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा प्रधानमन्त्रीले आफैंले दलहरूसँग छलफल अघि बढाउने उल्लेख गरेकी थिइन् ।

जेनजीका प्रतिनिधिहरूसँग बिहीबार पहिलो चरणको वार्ता भएपछि प्रधानमन्त्रीले दलहरूसँग संवाद गर्न थालेकी हुन् ।

शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले चुनाव गराउन सरकार लागिसकेकाले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।

माओवादीले पहिले नै चुनावमा जाने निर्णय गरिसकेका कारण प्रधानमन्त्रीले माओवादीका नेताहरुबाट संवाद थालेको बुझिएको छ । भेटका क्रममा माओवादी नेताहरुले चुनावका लागि वातावरण उपयुक्त बन्नुपर्ने सुभाव दिएका थिए । चुनावका लागि चाहिने वातावरण बनाउन सरकारले सबै काम गर्नुपर्ने आफुहरुले सुझाव दिएको माओवादी केन्द्रका उपमहासचिव पुनले बताए ।

राष्ट्रपतिले सर्बदलीय बैठकमा दलहरूको चासो मुख्य विषय भएको भन्दै यसको सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानकर्षण गराएका थिए । सो बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री कार्कीले अब सबै दलका नेताहरूलाई पालोपालो निरन्तर भेट गर्ने कार्यसूची बनाएकी उनी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : ३९ बजे

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय