२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक १३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि कात्तिक १ गते आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद ऋषिकेश गौतमको निधन भएपछि रोकिएको थियो । आजको बैठक सुरु भएपनि स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गरेपछि रोकिएको हो ।

विभिन्न १० वटा एजेण्डामा छलफल गर्न केहीदिन देखि जारी बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने भन्ने विषयमा बहस केन्द्रित भएको छ । महामन्त्रद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशन या मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन गरेको थियो । करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराइसकेका छन् । यद्यपी, संस्थापन पक्ष भने नियमित महाधिवेशन नै गर्नुपर्ने तर मंसिरमा गर्न नसकिने अडानमा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : २७ बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण