काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउनका लागि आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचनअघि र अवधिभरको समग्र सुरक्षा व्यवस्थाको मूल्यांकन गरी आवश्यक रणनीति तय गरिनेछ ।
यसअघि राष्ट्रपति निवास शीतलनिवासमा पनि निर्वाचन सुरक्षासम्बन्धी उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।
छलफल राजनीतिक वातावरण सुदृढ पार्ने र निर्वाचनका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको थियो । प्रधानमन्त्री कार्कीले पनि हिजो अपराह्न सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपतिको उपस्थितिमा भएको उक्त छलफलका विषयमा जानकारी दिएकी थिइन् ।



















प्रतिक्रिया