१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद



काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषाबमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका छन् ।

लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले यस निर्वाचनका माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हकअधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तरराष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् । उनले निर्वाचनको मतदानपश्चात् मतगणनाको कार्यमा सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको भन्दै मतदानमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदी–बहिनी, दाजुभाइहरूप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : १६ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका