१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नर्सहरूको माग सम्बोधन गर्न सातै प्रदेशमा कार्यदल गठन



काठमाडौं । पारिश्रमिक लगायतका मागसहित आन्दोलनरत नर्सहरूको समस्या समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिको आइतबार बसेको पहिलो बैठकले यो निर्णय गरेको हो ।

नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकारी तथा आन्दोलनरत नर्स प्रतिनिधि सम्मिलित कार्यदल सातै प्रदेशमा गठन गरिने समितिका सदस्य डा. अनुप बास्तोलाले जानकारी दिए । उनका अनुसार कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।

स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार कार्यदलले प्रा.डा. श्रेष्ठ नेतृत्वको समितिसँग प्रत्यक्ष समन्वय गर्दै काम गर्नेछ ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयमार्फत नर्सिङ स्वास्थ्यकर्मीको सेवा र सुविधा सुधारसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्न निर्देशन दिएकी थिइन् ।

सोही निर्देशनअनुसार आइतबार बसेको समितिको पहिलो बैठकले तिहार बिदाका अवधिमा भर्चुअल माध्यमबाट अध्ययन कार्य अगाडि बढाउने र सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।

उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनसहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन भनिएको छ । समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले