६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाद्वारा ‘सपोर्ट फर एनिमल रेस्क्यु प्रोग्राम’ अन्तर्गत खाद्यान्न सहयोग



देवदह । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिकोत्सव तथा कुकुर तिहारको शुभ अवसरमा कम्पनीको देवदह शाखाले देवदह-१० चरङेस्थित अल केयर नेपालमा रहेका उद्धार गरिएका कुकुरहरूलाई ‘सपोर्ट फर एनिमल रेस्क्यु प्रोग्राम’ अन्तर्गत खाद्यान्न सहयोग गर्दै टीका, माला र पूजा गरेको छ ।

कार्यक्रमको अध्यक्षता सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दुर्गा राज ढकालले गरेका थिए । प्रमुख अतिथिका रूपमा देवदह नगरपालिका-१० का वडा अध्यक्ष एक बहादुर सुनार सहभागी भएका थिए भने, विशेष अतिथिमा देवदह शाखा प्रमुख विनिता श्रीस, फर्साटिकर शाखा प्रमुख उत्तम परियार, बेलबास शाखा प्रमुख योगेन्द्र रायमाझी, र अल केयर नेपालका सञ्चालक दिपक रिजाल उपस्थित थिए ।

कार्यक्रममा उद्धार केन्द्रमा रहेका कुकुरहरूलाई टीका माला लगाएर पूजा गरिएको र उनीहरूलाई खाद्यान्न वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष एक बहादुर सुनारले सिटिजन लाइफ इन्स्योरेन्सले कुकुर तिहारजस्तो सांस्कृतिक पर्वमा जनावरप्रति देखाएको माया र सामाजिक उत्तरदायित्वको भाव प्रशंसनीय भएको बताए । सिटिजन लाइफले देखाएको उदाहरणले सबैमा करुणा र सहअस्तित्वको भावना जगाएको उनले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दुर्गा राज ढकालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केवल व्यवसायिक क्षेत्रमा मात्र होइन, समाज र जीवजन्तुका हितमा पनि हातेमालो गर्दै आएको बताए । उनले नागरिकका जीवन बीमासँगै समाज र प्रकृतिको संरक्षणमा पनि सिटिजन लाइफ इन्स्योरेन्स उत्तरदायी रहेको बताए ।

देवदह शाखा प्रमुख विनिता श्रीसले देवदह शाखाले समुदायका लागि सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताइन ।

अल केयर नेपालका सञ्चालक दिपक रिजालले सिटिजन लाइफप्रति आभार व्यक्त गर्दै भने, “यो सहयोग र पूजा कार्यक्रमले उद्धार केन्द्रमा रहेका कुकुरहरूको हेरचाहमा थप सहयोग पुगेको छ । यस्तो कार्यले जनावरप्रतिको माया र सम्मान झल्काउँछ ।”

कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूले केन्द्रमा रहेका कुकुरहरूलाई टीका, माला र खाना खुवाएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १ : ५० बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै