६ श्रावण २०८३, बुधबार | July 22, 2026

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण



देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको देवदह शाखाले आर्थिक वर्ष २०८२र८३ को शतप्रतिशत व्यावसायिक लक्ष्य हासिल गरेको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

देवदह नगरपालिका-७ स्थित यशोधरा भिक्षुणी बिहार परिसरमा आयोजित कार्यक्रममा ३० भन्दा बढी विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको थियो । स्वच्छ वातावरण निर्माण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वस्थ र सुरक्षित वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ ।

शाखा प्रमुख बिनिता श्रीषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यशोधरा भिक्षुणी बिहारकी प्रमुख उपेखा गुरुमाँ प्रमुख अतिथि रहेका थिए । यस्तै, बिहारका सचिव तिलविक्रम बुढाथोकी, नेपाल मगर संघ नगर समिति देवदहका अध्यक्ष किसानबहादुर थापा तथा सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर कमला थापा विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा शाखामा कार्यरत एजेन्सी म्यानेजर, सिटिजन लिडर तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक तथा एजेन्सी म्यानेजर शोभा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन । शुभकामना मन्तव्यका क्रममा कमला थापा, किसानबहादुर थापा, तिलविक्रम बुढाथोकी तथा प्रमुख अतिथि उपेखा गुरुमाँले वातावरण संरक्षण प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै शाखा प्रमुख बिनिता श्रीषले व्यावसायिक सफलतासँगै समाज र वातावरणप्रतिको दायित्व निर्वाह गर्नु सिटिजन लाइफ इन्स्योरेन्सको मूल उद्देश्य रहेको बताईन । उनले आगामी दिनमा पनि वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन ।

एजेन्सी म्यानेजर पारु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले वृक्षारोपण अभियानले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वप्रति सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाको प्रतिबद्धतालाई थप मजबुत बनाएको धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ११ : ३३ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन