२० मंसिर २०८२, शनिबार | December 6, 2025

केपी ओली कानुन भन्दा माथि छैनन : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको टिप्पणी गरेका छन् ।

सोमबार कञ्चनपुरका विपिन जोशीलाई श्रद्धाञ्जली दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

ओलीले आफूलाई समाएर देखाउन गरेको चुनौतीबारे प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले भने, “त्यो त उहाँले कानुन नमान्ने कुरा हो । अब कोही पनि कानुनमाथि बस्ने अवस्था छैन । पहिलेजस्तो प्रचलन अब हुँदैन ।”

अर्यालले ओलीलाई विदेश जान नदिने निर्णय सरकारले गरेको नभै न्यायिक जाँचबुझ आयोगले गरेको जिकिर गरे ।

राजनीतिक दलहरूसँग हतियार भएको सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, “केही दलहरू हतियारमा विश्वास गर्न सक्ने छन् भन्ने संकेत मात्रै हो । तर सबै दलहरूले अब निर्वाचनको वातावरण बनाउनतिर ध्यान दिनुपर्छ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ५ : ४१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले