२ चैत्र २०८२, सोमबार | March 17, 2026

बालुवाटार बैठक चुनाव हुनेमै एमालेको शंका, दलहरुद्वारा सुरक्षाप्रति चासो



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र राजनीतिक दलबीचको बैठकमा नेताहरूले आफ्ना धारणा राखेका छन् ।

सबै दलका प्रतिनिधिले पालैपालो आफ्ना विचार प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचनमा जाने विषयमा सबै दलबीच सहमति देखिएको छ। यद्यपि, प्रमुख विपक्षी दल नेकपा (एमाले)ले यो सरकारले चुनाव गराउन सक्नेमा आशंका व्यक्त गरेको छ, तर चुनावको विरोध भने गरेको छैन।

बैठकमा दलहरूले चुनावी सुरक्षाबारे भने एकस्वरले चासो राखेका छन् । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा उनीहरुको चासो रहेको संचारमन्त्री खरेलले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र सञ्चार मन्त्री जगदीश खरेल सहभागी छन्।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूको उपस्थिति थियो। नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल बैठकमा सहभागी थिए भने पर्यवेक्षकको रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि उपस्थित रहेका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ४१ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित