१५ माघ २०८२, बिहिबार | January 29, 2026

बालुवाटार बैठक चुनाव हुनेमै एमालेको शंका, दलहरुद्वारा सुरक्षाप्रति चासो



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र राजनीतिक दलबीचको बैठकमा नेताहरूले आफ्ना धारणा राखेका छन् ।

सबै दलका प्रतिनिधिले पालैपालो आफ्ना विचार प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचनमा जाने विषयमा सबै दलबीच सहमति देखिएको छ। यद्यपि, प्रमुख विपक्षी दल नेकपा (एमाले)ले यो सरकारले चुनाव गराउन सक्नेमा आशंका व्यक्त गरेको छ, तर चुनावको विरोध भने गरेको छैन।

बैठकमा दलहरूले चुनावी सुरक्षाबारे भने एकस्वरले चासो राखेका छन् । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्नेमा उनीहरुको चासो रहेको संचारमन्त्री खरेलले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र सञ्चार मन्त्री जगदीश खरेल सहभागी छन्।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूको उपस्थिति थियो। नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल बैठकमा सहभागी थिए भने पर्यवेक्षकको रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि उपस्थित रहेका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : ४१ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।