१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विमानस्थलबाट भारतीय नागरिक पक्राउ



काठमाडौँ । प्रहरीले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “आज दिउँसो थाइ लायन एयरको उडान नम्बर एसएल–२२० बाट थाइल्याण्डको बैङ्ककबाट आएका सोलङ्की विमानस्थलको अराइभल भन्सार क्षेत्रमा जाँचपछि टनेल गेटबाट बाहिर निस्किने क्रममा ड्युटीमा खटिएको प्रहरीले निजको गतिविधि शङ्कास्पत लागेर नियन्त्रणमा लिएका थिए ।”

निजको केएमसी अस्पतालमा भिडियो एक्सरे गर्दा निजको मलद्वारमा प्लाष्टिको ¥याप गरी एकवटा डल्ला सुन जस्तो देखिने पहिलो धातु ९० ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त बरामद सामान निकाल्न लगाई बरामद सामान उपत्यका प्रहरी कार्यलयको लेखा शाखामा राखी निजलाई जिल्ला प्रहरी परीसर काठमाडौँ पठाएको र कार्यालय खुले पश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाइने एआइजी कार्कीले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा