२४ असार २०८३, बुधबार | July 8, 2026

बस र कार ठोक्किँदा चितवनमा एकको मृत्यु



चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज साँझ बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ मृत्यु भएको हो ।

बस चालकसहित नौ जना घाइते भई भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ । त्यसैगरी सामान्य घाइतेमा गोरखा गण्डकी गाउँपालिका–५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उहाँका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका–४ की ३५ वर्षीया सिता तामाङ, भरतपुर महानगरपालिका–१२ की ३७ वर्षीया शोभा आचार्य र उहाँकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका–३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ५५ वर्षीया माईता गुरुङ रहेका छन् ।

दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर दुवै सवारीसाधनलाई अनुसन्धानका लागि राखेको जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : ३७ बजे

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

भैरहवा । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक

सभामुख र एमाले सांसदबीच जुहारी, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ

लुम्बिनी । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको