१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै



जनकपुर । मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ ।

बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो । मिथिलानीहरूले उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाइरहेका थिए । लक्ष्मीनिया गाउँपालिका–३ का गोविन्द यादवका अनुसार प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने परम्परा रहिआएको छ ।

“महिलाहरू बिहानै गाई–भैँसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन् । यो कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक हो”, उनले भने । अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैँसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ । परम्पराअनुसार राति गाई–भैँसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ । यसरी कुटिएको मिश्रणलाई ‘गोधन कुट्ने’ भनिन्छ । यसलाई धन, समृद्धि र उर्वरतासँग जोड्ने गरिएको पण्डित कुश्वेवर उपाध्यायले बताए ।

गोधन कुट्ने पर्वको अर्को विशेषता पारिवारिक स्नेह र रमाइलोपन पनि हो । महिलाले बिहानै गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन रहेको स्थानीय सोनिया यादवले बताइन् ।

यसैगरी दिदीबहिनीले रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ लोककथन पनि दोहर्याउँछन् । यसको अर्थ ‘केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन’ भन्ने प्रतीकात्मक सन्देश दिनु हो । गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो । यस पर्वले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ ।

साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ । यसले मिथिला संस्कृतिको मौलिक सौन्दर्य झल्काउँछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ८ : ०७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा