१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात



झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाखका मालवस्तु आयात भएका छन् । यो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ ।

गत आवको सोही अवधिमा रु ६ अर्ब आठ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट रु चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व सङ्कलन भएको छ । यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत अर्थात् रु ५६ करोड २९ लाख ९७ हजारले बढी हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ४८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा