२५ भदौ २०८३, बिहिबार | September 11, 2026

एकीकृत समाजवादीले पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याउने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो ।

वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पु¥याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरुको व्यवस्थापनलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने भएको छ । पार्टीका अधिकांश नेताहरुले अहिले केही कम्युनिष्टलाई पार्टी एकीकृत गर्न अगाडि सबै वामपन्थीबीच ध्रुवीकरणका लागि गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाचन प्रक्रियामा सक्रियरुपमा लाग्न पार्टी र जनवर्गीय सङ्गठनका सबै कमिटीलाई परिचालन गर्ने बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति तथा पार्टीबीच सम्वाद र सहकार्य अघि बढाउने जिम्मेवारी दिने छ ।

समाजवादी मोर्चामा आबद्ध दललगायत अन्य वामपन्थी शक्तिबीच एकताको गृहकार्य गरेको एकीकृत समाजवादीलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  २ : ५६ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ