१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मुस्ताङ आउने पर्यटकलाई अग्रीम होटल बुक गरेरमात्र आउन आग्रह



म्याग्दी । पर्यटकीय सिजन सुरुभएसँगै मुस्ताङको मुक्तिनाथ र कोरोला नाका घुम्न आउनेहरुको अत्याधिक चाप पढेपछि बासस्थानको सुनिश्चित गरेरमात्र त्यस क्षेत्रको यात्रा तय अर्न आग्रह गरिएको छ । आन्तरिक र बाह्य पर्यटकले होटल नपाएर अलपत्र परेको गुनासो आएपछि म्याग्दी हुँदै मुस्ताङको यात्रा तय गर्नुअघि बासबस्ने स्थान तय गरेर मात्र यात्रा गर्न आग्रह गरिएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर मात्र म्याग्दी र मुस्ताङ निस्कन प्रजिअ तिवारीले आग्रह गरेका हुन् ।

‘यो समयमा म्याग्दी र मुस्ताङमा पर्यटकको चाप अत्याधिक छ । जसका कारण होटेल नपाएको गुनासो पनि आएको छ । अधिकांश होटेलहरु बुक भैसकेका छन् । घुम्न आउँदा बस्ने ठाउँको सुनिश्चितता गरेर मात्र आउनुहोला,’ उनले भने । अहिले मुस्ताङको मार्फा, मुक्तिनाथ, कोरला नाका, म्याग्दीको नर्थ अन्नपूर्ण बेस क्याम्प, तातोपानी जाने पर्यटकको घुइँचो छ । यस्तै मुस्ताङ जादा फोरविल गाडीको प्रयोग गर्न र न्यायो कपडा लगाएर आउन पनि प्रजिअ तिवारीले आग्रह गरे ।

म्याग्दीका होटल व्यवसायीहरुले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले जिल्लामा रहेका होटल व्यवसायीको सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । उनीहरुले यात्रुहरुको सहज यात्रालाई ध्यानमा राख्दै अग्रीम बुक गरेर मात्र यात्रा तय गर्न आग्रह गरेका छन् ।

पर्वत बेनीमा संचालनमा रहेको ज्ञानगौरी प्यालेस प्रालीका संचालक कृष्ण केसीले अधिकांस होटलमा अग्रीम र अनलाईन बुकिङ गर्ने व्यवस्था रहेकाले बुक गरेर मात्र यात्रा गर्न आग्रह गरे । मुस्ताङ यात्राको प्रवेश द्वारकारुपमा रहेका बेनीका होटलहरुले मुस्ताङका होटलहरुसँग समेत समन्वय गरिदिन आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ११ : १९ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०