काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। प्रधानमन्त्री कार्कीले गृहमन्त्री र गृहसचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी हुन् ।
शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री कार्कीको सुरक्षा अवस्था बारे छलफल भएको हो ।
बैठकमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्ने विषयमा पनि छलफल भएको छ । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टासम्म चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।



















प्रतिक्रिया