२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’



महेन्द्रनगर । इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ ।

आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे । “साहसिक व्यक्तित्व स्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो । उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, उनले भने ।

वडाध्यक्ष धामीले हाल स्थानीयवासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए ।

दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ५५ बजे

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

बोगोटा । पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा फर्किए सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको

आज देशभर बदली, लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर