१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा रू चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल रू पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले रू तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ ।

पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट रू दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र रू ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा रू एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ ।

त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा रू एक खर्ब चार अर्ब ७० करोड छ । चीनबाट रू एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा रू १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट रू चार करोड एक लाखको आयात हुँदा रू २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा रू १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रू २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र रू १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा रू १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : १७ बजे

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम