हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कामा भारतीय ग्यास बुलेटको ठक्करबाट एक जना स्कुटर चालक श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन्।
मृत्यु हुनेमा सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। उनकी २८ वर्षीया पत्नी सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ घाइते भएका हुन्। सरस्वतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवनको एक अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक केदार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार श्रेष्ठ परिवार चितवनबाट हेटौंडातर्फ आइरहेको बा प्र २–०५७ प ३२३० नम्वरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ग्यास बुलेट (एन ०१ एन ०२८०) ले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक केदार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।
प्रहरीले ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएको छ ।


















प्रतिक्रिया