२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

त्रिदेशीय फुटबल प्रतियोगिता : नेपालद्वारा भारत पराजित



काठमाडौँ । नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन् । तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो ।

यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको भारतले कुनै पनि अङ्क जोड्न सकेन ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ०२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात