२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग



काठमाडौं । राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो ।

ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षण गरी महत्त्व बुझाउन सबै लाग्ने वातावरण बनाउन गौ संरक्षण दिवस घोषणा गर्न माग गरेको हो । स्थानीय जातका गाईको संरक्षणका लागि कार्तिक शुक्ल अष्टमी अर्थात् गोपाष्टमी पर्वका दिन गौ संरक्षण दिवस घोषणा गरिनुपर्ने गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले बताए ।

कार्यक्रममा यस वर्षको गोपाष्टमी पर्वमा गोरखाबाट काठमाडौंसम्म गौ संवर्द्धन पदयात्रा आयोजना गर्न लागिएको जानकारी दिइएको थियो ।

गुरुकुलका प्राचार्य रेग्मीका अनुसार पदयात्रा कात्तिक १२ गते बेलुकी काठमाडौं आइपुग्ने छ । कात्तिक १३ गते थापाथलीबाट नारायणहिटीस्थित नारायण मन्दिरसम्म पदयात्रा गरेर प्रवचन कार्यक्रम गरिने उनले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षणका लागि पदयात्रा गरिएको जनाउँदै पदयात्रा काठमाडौंमा आइपुगेपछि प्रवचन कार्यक्रमसमेत गर्न लागिएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : १७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री