२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना हुँदा १९ जना घाइते



झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र १-०१-००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छभने बाँकी छ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ गएका छन् । पच्चीस जना यात्रु सवार बस घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक झापा मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका-३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश, कचनकवल-४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा नौ वर्षीय एलोन घाइते भएका छन् ।

त्यस्तै, रामेछाप मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी-३ का ६५ वर्षीया मिटु खत्री, दोलाखा बैनेश्वर-३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ, दोलखा तामाकोशी-३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका छन् ।

त्यसैगरी, झापा कचनकवल-६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा नौ वर्षीय रिदम, बिर्तामोड-५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ ।

बस अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छभने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : २१ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री