२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रचण्डको अपील : राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संरक्षण गर्न सबै वामपन्थीहरू एउटै झण्डामुनि एक हौं



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीचको एकता र साझा आन्दोलन अत्यावश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रचण्डले देशमा उत्पन्न जटिल राजनीतिक परिस्थिति, बढ्दो जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि देखा परेका चुनौतीहरू समाधान गर्न वामपन्थी शक्तिहरुबीच एकताको आह्वान गरेका हुन् । उनले राष्ट्रले भोगिरहेका समस्याहरूको समाधान अग्रगामी र क्रान्तिकारी सोच, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलमार्फत मात्रै सम्भव हुने उल्लेख गरेका छन्।

प्रचण्डकाअनुसार अहिले देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।

“राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा समाजवाद निर्माणको आधार तयार गर्न माओवादीसहित सबै वामपन्थी शक्तिहरू एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो,” प्रचण्डले भनेका छन्।

उनले सबै माओवादी धाराका समूह र वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल समेत गरेका छन्। साथै, संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकत्रित हुन आह्वान गरेका छन्।

“देशका सामु देखिएका जटिलता, जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि परेका चुनौतीहरूको समाधान हाम्रो ऐतिहासिक जिम्मेवारी हो,” प्रचण्डले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : २५ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय