६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा



काठमाडौं । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लिखित राजीनामा पत्र बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, डा. अर्यालले “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५” को दफा ६ (क) बमोजिम मिति २०८२ साल कार्तिक ११ गतेदेखि प्रभावकारी हुनेगरी राजीनामा दिएका हुन् ।

राष्ट्रपति कार्यालयले डा. अर्यालको राजीनामा स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ४९ बजे

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल