१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजी प्रतिनिधिबीच आज त्रिपक्षीय बैठक



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूबीच त्रिपक्षीय बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्दैछ ।

गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एउटै मञ्चमा राखेर छलफल गर्न लागेको हो । यसअघि उनले तिहारअघि दलका प्रतिनिधिसँग छुट्टै बैठक गरेकी थिइन् तर सो बैठकमा जेनजीका प्रतिनिधि सहभागी थिएनन् ।

आजको बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउने तयारी, जेनजीले उठाएका मागहरूको सम्बोधन, र परिवर्तित राजनीतिक परिस्थितिमा सबै पक्षको भूमिका जस्ता विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, निर्वाचनको माहोल बनाउन र आपसी समझदारी बढाउन प्रधानमन्त्री कार्कीले संयुक्त बैठक आयोजना गरेकी हुन् । उनले भने, “निर्वाचन सफल बनाउन राजनीतिक दल, जेनजी र सम्बन्धित पक्षहरूसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहनेछ ।”

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ५१ बजे

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे