१४ माघ २०८२, बुधबार | January 28, 2026

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा



म्याग्दी । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायती पर्यटकहरु सो भ्यालीमा रोकिएका हुन् ।

धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरु सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

“काठमाडौंको सेक्रेट हिमालय टे«ड एण्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिड्न गाहे पर्ने भएकाले मंगलबार साँझ सम्बन्धीत कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको ब्यवस्था मिलाउन अनुरोध गरेका थिए,” उनले भने, “बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरु सकुशल छन् ।”

म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय मार्फत उद्धार टोली पठाउने प्रयास गरेपनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ । हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ ।

उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय टे«ड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे,क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।

पथप्रर्दशकले स्याटेलाइट फोन मार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए । हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर पुग्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिडन सक्छन । त्यहा मोवाइल र इन्टरनेट सेवाको पहुँच छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : ५५ बजे

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व-पश्चिम

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज