२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले त्यसलाई बन्द नगर्ने बताएका हुन् ।

उनका अनुसार, सामाजिक सञ्जाललाई नियन्त्रण होइन, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा सरकारले ध्यान केन्द्रित गर्ने छ । मन्त्री खरेलले भने, “सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने होइन, यसलाई जिम्मेवार र व्यवस्थित बनाउन सरोकारवालाको सहकार्य आवश्यक छ ।”

उनले नयाँ प्रविधि र डिजिटल प्लेटफर्मलाई सरकारले अब सञ्चारको मुख्य धारको रूपमा पहिचान गरेको भन्दै सधैं प्राथमिकतामा राख्ने बताए । साथै, अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत सुरु गर्न नियमावली मन्त्रिपरिषद्मा पेश भइसकेको र छिट्टै पारित हुने जानकारी दिए ।

छलफलका क्रममा डिजिटल मिडिया र अनलाइन टिभी सञ्चालकहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै मन्त्री खरेलले भने, “डिजिटल युगमा सरकारले सबै जिम्मेवार सञ्चार माध्यमसँग सहकार्य गरेर अघि बढ्छ ।”

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ४३ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा