२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले त्यसलाई बन्द नगर्ने बताएका हुन् ।

उनका अनुसार, सामाजिक सञ्जाललाई नियन्त्रण होइन, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा सरकारले ध्यान केन्द्रित गर्ने छ । मन्त्री खरेलले भने, “सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने होइन, यसलाई जिम्मेवार र व्यवस्थित बनाउन सरोकारवालाको सहकार्य आवश्यक छ ।”

उनले नयाँ प्रविधि र डिजिटल प्लेटफर्मलाई सरकारले अब सञ्चारको मुख्य धारको रूपमा पहिचान गरेको भन्दै सधैं प्राथमिकतामा राख्ने बताए । साथै, अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत सुरु गर्न नियमावली मन्त्रिपरिषद्मा पेश भइसकेको र छिट्टै पारित हुने जानकारी दिए ।

छलफलका क्रममा डिजिटल मिडिया र अनलाइन टिभी सञ्चालकहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै मन्त्री खरेलले भने, “डिजिटल युगमा सरकारले सबै जिम्मेवार सञ्चार माध्यमसँग सहकार्य गरेर अघि बढ्छ ।”

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ४३ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन