१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै



मुस्ताङ । यहाँको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको पाँचौँ संस्करण छायाङ्कन चलरहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ ।

यसअघि लगातार कबड्डीको एकदेखि चौथौ संस्करण सोही स्थानमा छायाङ्कन भइसकेको छ । यहाँ थकाली कलासंस्कृतिसँग कथावस्तु जोडिएकाले कबड्डीको पाँचौँ संस्करण पनि थासाङको थाक सात सय क्षेत्रमा छायाङ्कनलाई निरन्तरता दिइएको चलचित्रका निर्माता मणिराम पोखरेलले जानकारी दिए । यहाँ चलचित्र कबड्डीको पाँचौँ संस्करण गत असोज २६ गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरी छायाङ्कन सुरु गरिएको पोखरेलले बताए ।

रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी पाँचको छायाङ्कन थासाङको कोवाङ, नाउरीकोट, लार्जुङ र टुकुचेलगायत स्थानमा भइरहेको निर्माता पोखरेलले जानकारी दिए । यसपटक कबड्डीको पाँचौँ संस्करण थकाली कला, संस्कृति समेट्ने गरी विशेष महत्वका साथ अघि बढाउने प्रयास भइरहेको निर्माता पोखरेल बताउँछन ।

यसअघि कबड्डी चलचित्र सुरु गर्दा यहाँ सामान्य टोली आएकामा यसपटक झन्डै १०० बढी जनशक्ति परिचालन भइरहेको छ । सुरुआती चरणभन्दा कबड्डी पाँचसम्म आइपुग्दा सडक यातायात सहज भएका कारण निकै सहज भएको निर्माता पोखरेलको भनाइ छ । “हामीलाई यो स्थानमा चलचित्रको छायाङ्कनको काम गर्न पाउँदा निकै सहज भएको छ, यहाँका समुदाय सबै आफ्नै परिवारजस्तै भएको छ”, निर्माता पोखरेलले भने, “थकाली कथावस्तु र यहाँका समुदायको मायाप्रेम र स्नेहले पटकपटक यो स्थानमा तानिरहेको छ ।”

मुस्ताङको थाक सात सय क्षेत्रमा बसोबास गर्ने थकाली संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सहनिर्देशक सोमनाथ खनालले जानकारी दिए । कबड्डीको पाँचौँ संस्करणमा पुराना कलाकारसहित नयाँ कलाकारको संग्लनता रहेको खनालको भनाइ छ ।

चलचित्रमा दह्याङ राई, बुद्धि तामाङ, विजय बराल, रेश्मा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुस्कर गुरुङ, कविता आले, सृजना गुरुङ, शिशिर वाङ्देल, विष्णु मोक्तान र प्रमिला राईलगायतका कलाकारको अभिनय रहने सहनिर्देशक खनालले जानकारी दिए ।

चलचित्रका मुख्य पात्र दह्याङ राई काजीको भूमिकामा छन । थकाली संस्कृतिमा आधारित काजीको कथावस्तुसँग जोडिएको छ । थकाली काजीको जीवनमा आइपर्ने आरोहअवरोहलाई चलचित्रमा उतार्ने प्रयास भइरहेको सहनिर्देशक खनालले बताए । नायकको भूमिकामा वीरकाजी शेरचन, काजीको भूमिकामा दह्याङ रहेको उनले जनाए ।

कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायाङ्कन निरन्तर रहनु दर्शकहरूको माया र यहाँका समुदायका माया तथा विश्वासको प्रतिफल रहेको उल्लेख गरिन । काजीकी आमाको भूमिकामा रहेका कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायको उद्गमस्थल थासाङ क्षेत्रमा छायाङ्कन भइरहनु आफूहरूका लागि पनि गर्व महसुस भएको बताइन । कबड्डी एक र दुईमा अभियन गरिसकेकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताइन ।

यसैगरी चलचित्रमा मैयाँको भूमिकामा रहेकी रेश्मा गुरुङले यहाँको नाउरीकोटमा मैयाँको होटल भनेर परिचित रहेकामा गर्व लागेको बताइन । यो स्थानमा कबड्डीका छायाङ्कनले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा