२९ भदौ २०८३, सोमबार | September 15, 2026

धनगढीमा मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु



धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदुरपश्चिम प्रदेश सेमिफाईनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको नतिजाले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एफिएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६–२९ ले किनारा लगायो ।

प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

यसअघि आज नै प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैकाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ४१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ