२९ भदौ २०८३, सोमबार | September 15, 2026

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने



धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् ।

पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५-१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।

दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७-३२ ले हरायो ।

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराले समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ