२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

राजुनाथ पाण्डेको निलम्बन यथावत् राख्ने उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् रहने आदेश दिएको छ । अदालतले यसअघि जारी गरिएको अन्तरिम आदेश खारेज गर्दै पाण्डेले दायर गरेको रिट निवेदन समेत खारेज गरेको हो ।

उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीका अनुसार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार पाण्डेको रिट निवेदन खारेज गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि पाण्डेलाई निलम्बन गरिएको थियो । आफूलाई गैरकानुनी रूपमा निलम्बन गरिएको भन्दै पाण्डेले अदालतमा रिट दायर गरेका थिए ।

तर अदालतले प्रारम्भिक आदेश उल्ट्याउँदै उनको निलम्बन कायम रहने निर्णय सुनाएको हो । यसअघि उच्च अदालत पाटनले अस्थायी रूपमा पाण्डेलाई राहत दिने अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ०८ बजे

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी