काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् रहने आदेश दिएको छ । अदालतले यसअघि जारी गरिएको अन्तरिम आदेश खारेज गर्दै पाण्डेले दायर गरेको रिट निवेदन समेत खारेज गरेको हो ।
उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीका अनुसार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार पाण्डेको रिट निवेदन खारेज गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि पाण्डेलाई निलम्बन गरिएको थियो । आफूलाई गैरकानुनी रूपमा निलम्बन गरिएको भन्दै पाण्डेले अदालतमा रिट दायर गरेका थिए ।
तर अदालतले प्रारम्भिक आदेश उल्ट्याउँदै उनको निलम्बन कायम रहने निर्णय सुनाएको हो । यसअघि उच्च अदालत पाटनले अस्थायी रूपमा पाण्डेलाई राहत दिने अन्तरिम आदेश जारी गरेको थियो ।



















प्रतिक्रिया