१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । हाल तीव्र रूपमा चर्किँदै गएको दुई देशबीचको व्यापार युद्धबीच शीर्ष नेताहरूको यो भेटले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार दक्षिण कोरियाको स्थानीय समयानुसार बिहान ११ बजे ट्रम्प र सीबीच बुसान सहरमा भेट हुनेछ । चीनको विदेश मन्त्रालयले पनि उक्त भेटको समय तय भएको पुष्टि गरेको छ ।

विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आर्थिक सहकार्यका विषयमा गहिरो छलफल हुनेछ । यो भेटअघि मलेसियामा दुई देशका उच्च अधिकारीबीच भएको वार्ताले आगामी व्यापार सम्झौताका लागि आधार तयार गरेको बताइएको छ ।

हाल सातदिने एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले चीनसँगको भेटबारे सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्,
“खर्बौं डलरसहित अमेरिका फर्किँदै छु । यो अत्यन्त फलदायी यात्रा रह्यो। भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ – दुवैका लागि यो उत्कृष्ट वार्ता हुनेछ ।”

दक्षिण कोरियाको ग्याङ्झूमा बुधबार आयोजित स्वागत भोजमा राष्ट्रपति ट्रम्प सहभागी भएका थिए, जहाँ दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युंगले उनलाई सुनको विशेष ताज उपहार दिएका थिए ।

ट्रम्प र सीले आजदेखि सुरु भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम रहेको छ । यो उच्चस्तरीय भेटवार्ताबाट अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक सन्तुलन कायम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ८ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा