१ आश्विन २०८३, बिहिबार | September 17, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । हाल तीव्र रूपमा चर्किँदै गएको दुई देशबीचको व्यापार युद्धबीच शीर्ष नेताहरूको यो भेटले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार दक्षिण कोरियाको स्थानीय समयानुसार बिहान ११ बजे ट्रम्प र सीबीच बुसान सहरमा भेट हुनेछ । चीनको विदेश मन्त्रालयले पनि उक्त भेटको समय तय भएको पुष्टि गरेको छ ।

विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आर्थिक सहकार्यका विषयमा गहिरो छलफल हुनेछ । यो भेटअघि मलेसियामा दुई देशका उच्च अधिकारीबीच भएको वार्ताले आगामी व्यापार सम्झौताका लागि आधार तयार गरेको बताइएको छ ।

हाल सातदिने एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले चीनसँगको भेटबारे सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्,
“खर्बौं डलरसहित अमेरिका फर्किँदै छु । यो अत्यन्त फलदायी यात्रा रह्यो। भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ – दुवैका लागि यो उत्कृष्ट वार्ता हुनेछ ।”

दक्षिण कोरियाको ग्याङ्झूमा बुधबार आयोजित स्वागत भोजमा राष्ट्रपति ट्रम्प सहभागी भएका थिए, जहाँ दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युंगले उनलाई सुनको विशेष ताज उपहार दिएका थिए ।

ट्रम्प र सीले आजदेखि सुरु भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम रहेको छ । यो उच्चस्तरीय भेटवार्ताबाट अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक सन्तुलन कायम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ८ : ३१ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई