२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

विद्युत कटौतीको विरोधसभामा बोल्दाबोल्दै जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन



बुटवल । विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

रुपन्देहीमा उद्योग क्षेत्रमा भइरहेको विद्युत आपूर्तिमा प्राधिकरणले गरेको कटौतीको विरोधस्वरूप आयोजित कार्यक्रममा बोल्दै गर्दा उनी अचानक बेहोस भएका थिए।

घटनापछि उनलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो, तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले गौतमको निधनको पुष्टि गरेका छन्।

बुधवार मात्रै उनले सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित बैठकमा उद्योग क्षेत्रको समस्याबारे आक्रोश व्यक्त गर्दै संस्थागत रूपमा आन्दोलनमा जाने घोषणा गरेका थिए।

विरोधसभा क्रममा उनले सरकारले उद्योगहरूलाई संकटमा पारिरहेको आरोप लगाउँदै श्रमिकहरूलाई एकताबद्ध भएर आन्दोलनमा उत्रिन आह्वान गरेका थिए। भाषणकै क्रममा “अतः यो कारणले…” भन्दै गर्दा उनी ढलेका थिए।

हाल क्रिमसन अस्पतालमा उद्योगी, व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको भीड लागेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १ : ३६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री