३० असार २०८३, मंगलबार | July 14, 2026

रेशम चौधरीद्वारा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि आयोगमा निवेदन



काठमाडौं । आफैले जन्माएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेर रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता गरेका छन्।

नाउपाका संरक्षक रहेका चौधरीले पार्टी अध्यक्ष तथा आफ्नी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीसँग मतभेद चुलिँदै गएपछि गत भदौ २९ गते नयाँ दल नागरिक उन्मुक्ति पार्टी नेपाल गठनको घोषणा गरेका थिए । चौधरीले बिहीबार निर्वाचन आयोगमा पुगेर सो नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेका हुन्।

नाउपा नेपालमा ४५ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ भने नयाँ चुनाव चिन्हमा जाँतो प्रस्ताव गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकिया थियो।

दल दर्ताको लागि निर्वाचन आयोग जाँदा चौधरी र उनका नेताहरुले रातो रंगको ट्रयाक लगाएका थिए । नयाँ दल दर्ताको निवेदनसँगै रेशम चौधरीको राजनीतिक यात्रामा नयाँ अध्याय सुरु भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ४ : ३० बजे

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर