७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित



राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् । बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी-६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताइन् ।

उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आएकी छन् । राप्तीसोनारीमा वन क्षेत्र बढी भएका कारण पनि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

किसानले पालेका खसीबोका सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दसैँतिहारको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ ।

राप्तीसोनारी-६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्र यो वर्ष किसानले उत्पादन गरेका एक सयभन्दा बढी खसीबोका खरिद बिक्री गरेको छ । यसबाट किसान महिलाले करिब रु १९ लाख आम्दानी गर्न सफल भएको संस्थाकी प्रबन्धक गुरुङको भनाइ छ ।

बाख्रापालनबाट राप्तीसोनारीका महिला किसान आत्मनिर्भरसमेत बन्दै गएका छन् । दसैँतिहारजस्ता ठूला पर्व मनाउने पैसा खसीबोका बिक्री गरेर आम्दानी गर्ने गरेको राप्तीसोनारी-७ का अगुवा लालबहादुर थापाले बताए ।

राप्तीसोनारी-७ लालपुरमा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो वर्ष दसैँतिहारमा करिब रु ३२ लाखका दुई सय बढी खसीबोका किसानबाट खरिद गरी बिक्री गरेको संस्थाका व्यवस्थापक पम्फा परियारले जानकारी दिइन् ।

राप्ती सोनारी गाउँपालिकाको खासकुस्मा, कचनापुर, महादेवपुरी, बिनौना र बैजापुरमा पनि किसान महिलाले बाख्रापालन गर्दै आएकी छन् । बाँके जिल्लाभरिबाट यस वर्षको दसैँतिहारमा दुई करोड बढीका खसीबोका जिल्लाका विभिन्न सहकारी संस्थामार्फत बिक्री भएको उनको अनुमान छ ।

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक गुरुङले बताए ।

हेफर इन्टरनेसनललगायतका सङ्घसंस्थाले समेत बाँकेका बाख्रापालक किसान महिलाले उत्पादन गरेका खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भर बन्दै गएको राप्तीसोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन चौधरीले बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्र भएको उल्लेख गरे । बाख्रापालनमा किसानलाई आकर्षित गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४३ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का